• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


    २०८२ बैसाख १३, शनिबार
    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

    २०८२ बैसाख १३, शनिबार

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता शुरु भएको छ । शनिबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सुरु भएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रबार साँझ नै शिक्षकका केही प्रतिनिधिहरु सिंहदरबार पुगेका थिए । तर, सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

    आज भने बिहानैदेखि मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरु पुगेका छन् ।

    शिक्षा मन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता शुरु भएको छ । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

    उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर