काठमाण्डौंः त्रिविको केन्द्रीय क्याम्पस किर्तिपूरमा रोकिएको स्ववियु निर्वाचन सोमबार हुने भएको छ ।
शनिबार निर्वाचन समितिले एक सूचना जारी गर्दै सोमबार चुनाव हुने जानकारी दिएको छ । यसअघि उच्च अदालतमा रिट परेर अल्पकालीन अन्तरिम आदेशका कारण तोकिएको समयमा चुनाव हुन नसकेको थिएन । तर, शुक्रबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गर्ने बाटो खुलेको हो ।
यस्तै त्रिविको काठमाडौंस्थित आंगिक क्याम्पस त्रिचन्द्र क्याम्पसमा मंगलबार स्ववियु चुनाव हुने भएको छ । निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी चुनावको मिति तोकेको हो । यी दुवै क्याम्पसमा उम्मेदवारी मनोनयन भए पनि चुनाव हुन सकेको थिएन ।