• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका प्रनिल चन्द सर्वसम्मत


    २०८१ चैत्र १४, बिहिबार
    भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका प्रनिल चन्द सर्वसम्मत

    २०८१ चैत्र १४, बिहिबार

    जाजरकोट, चैत १४ गते । जाजरकोटको सबैभन्दा पुरानो मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा सहमतिमै नयाँ पदाधिकारी निर्वाचित भएका छन् ।

    क्याम्पसमा दर्ता भएका विद्यार्थी सङ्गठनहरूको सहमतिमा नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जानकारी लिएको छ ।

    निर्वाचन अधिकृत लोकबहादुर शाहीका अनुसार स्ववियु सभापतिमा नेविसङ्घका प्रनिल चन्द, उपसभापतिमा अखिल क्रान्तिकारीका अजय शर्मा, सचिवमा अनेरास्ववियुका पुष्पराज वली सर्वसहमतिमै निर्वाचित हुनुभएको छ । यस्तै, सहसचिवमा प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मिनकृष्ण शाह, सदस्यहरूमा अखिल समाजवादीका नवीन शाही र कमला महरलाइ सर्वसम्मत सहमति गरिएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो ।

    नवनिर्वाचित सभापति प्रनिल चन्दले क्याम्पसको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आफुहरूको पहिलो प्राथमिकता रहने बताउनुभयो । क्याम्पसलाई  साझा बनाउनका लागि आफुहरूले स्ववियु निर्वाचनलाई सहमतिमै सम्पन्न गरेको नवनिर्वाचित उपसभाति अजय शर्माको भनाइ छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर