• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा तीन जनाको नाम सिफारिस


    २०८१ वैशाख ७, शुक्रबार

    २०८१ वैशाख ७, शुक्रबार

    काठमाडौँ : मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् ।

    गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलति र खड्का पूर्वडिन हुन् ।

    उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

    शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरेका मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविधालय उपकुलपतिविहीन छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर