• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    निमा एकेडेमीले फागुन ३ र ४ गते जेन कन्फेरेन्सको आयोजना गर्ने


    २०८० माघ २७, शनिबार

    २०८० माघ २७, शनिबार

    काठमाडौँः आगामी फागुन ३ र ४ गते काठमाडौँको निमा एकेडेमीले जेन कन्फेरेन्स १.० को आयोजना गर्ने भएको छ । काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स प्राङ्गणमा उक्त कन्फेरेन्सको आयोजना गर्न लागिएको हो ।

    निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा हुने कन्फेरेन्स विद्यालयलाई २१औ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

    निमा एकेडेमीकी कन्भेनर जानकी शर्माका अनुसार सम्मेलनमा २१ औ शताब्दीका सीप तथा चुनौतीहरूका विषयमा छलफल हुनेछ । सो सम्मेलनमा ४ ओटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने जनाइएको छ ।

    सम्मेलनमा प्रमुख वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का रहने आयोजक पक्षले जनाएको छ ।

    सम्मेलनमा सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन समेत गरिएको छ । गणित, कम्प्युटर, विज्ञान लगायतका विषयलाई लक्षित गरेर वर्कसप डिजाइन गरिएको आयोजक पक्षले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर