• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक


    २०८० पुष २५, बुधबार

    २०८० पुष २५, बुधबार

    काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । डिप्लोमा प्रमाणपत्र तहको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित/आंशिक परीक्षा २०८० को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    यसअघि मंसिर १८ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आंशिक परीक्षा तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा माघ २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुनेछन् ।

    साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम तथा लोपोन्मुख जाति) अन्तर्गत डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका विभिन्न कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित /आंशिक परीक्षाहरू समेत सोही तालिकामा उल्लिखित मिति र समयमा सञ्चालन हुने समेत जनाएको छ ।

    परीक्षा तालिका www.ctevtexam.org.np:5580/ मा हेर्न सकिने छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर