• पुष ९, २०८२ मंगलबार
    23 Dec, 2025, Tuesday

    सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढ्यो


    २०८२ पुष ९, मंगलबार
    सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढ्यो

    २०८२ पुष ९, मंगलबार

    काठमाण्डौं । मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

    अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो ।

    सोमबार २ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार २ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सुन र चाँदीको यो मूल्य इतिहासकै महङ्गो हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर