• कार्तिक २, २०८२ आइतबार
    19 Oct, 2025, Sunday

    खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै


    २०८२ असार २६, बिहिबार
    खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै

    २०८२ असार २६, बिहिबार

    काठमाडौं। खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

    कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ। त्यसकारण आज (बिहिबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो।

    कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर