• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    सुनको मूल्य तोलामै १५ सय बढ्यो, चाँदीको कति पुग्यो ?


    २०८१ कार्तिक १३, मंगलबार
    सुनको मूल्य तोलामै १५ सय बढ्यो, चाँदीको कति पुग्यो ?

    २०८१ कार्तिक १३, मंगलबार

    काठमाडौँः सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार रहेको थियो ।

    त्यस्तै मंगलबार चाँदीको मूल्य २ हजार १ सय ५ रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर