• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    खाना पकाउने ग्यासको मूल्य घट्यो


    २०८० चैत्र २९, बिहिबार
    खाना पकाउने ग्यासको मूल्य घट्यो

    २०८० चैत्र २९, बिहिबार

    काठमाडौंः खाना पकाउने ग्यासको मूल्य घटेको छ। हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको हाे । जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रम बढेसँगै खाना पकाउने ग्यासको मूल्य घटेको व्यापारीले जानकारी दिएका छन् ।

    यसअघि ग्यास भरेको प्रतिसिलिण्डर चार हजार रुपैयाँ तिर्ने गरेकाे अहिले मूल्य घटेर प्रतिसिलिन्डर तीन हजार चार सय रुपैयाँ भएको छ। यसले गर्दा उपभोक्तालाई सहज भएको भन्दै ग्यासको प्रयोगकर्ता बढेको जनाइएकाे छ  ।

    जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका– ६ को गिउसीसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ग्यासको मूल्य घटेको हो। सो स्थानबाट खच्चडमा ढुवानी भएर माथिल्लो हुम्लामा ग्यास ल्याउने गरिएको छ।

    खच्चडमा ढुवानी गरेर ल्याइएको सामानको प्रतिकेजी ४० रुपैयाँ भाडा लिने गरिएको छ। हुम्लामा पहिलो पटक मुगु जिल्लाको गमगढीबाट खच्चडमा ढुवानी भएर आएको ग्यासको प्रतिसिलिण्डर मूल्य चौध हजारसम्म पर्ने गरेको थियो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर