• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    तोलामा एक हजार तीन सयले घट्यो सुन


    २०८० चैत्र ९, शुक्रबार

    २०८० चैत्र ९, शुक्रबार

    काठमाडौँ, ९ चैत : नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।

    बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

    चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर