• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    सुनको मूल्य तोलामै एक लाख २६ हजार पुग्यो


    २०८० फागुण २७, आइतबार

    २०८० फागुण २७, आइतबार

    काठमाडौंः नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार आज पाँचौ दिन पनि नयाँ रेकर्ड बनाएको छ । आईतबार प्रतितोला एक हजार रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड बनाएको हो ।

    आइतबार छापावाला सुन प्रतिलोला एक लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्म कै उच्च मूल्य हो । यसअघि शुक्रबार छापावाल प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    गत मंगलबार तोलाको एक लाख २३ हजार रुपैयाँ मूल्य कायम भई सुनले नयाँ रेकर्ड बनाएको थियो । बुधबार एक लाख २३ हजार ५ सय र बिहीबार एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आईतबार चाँदी प्रतितोला ५ रुपैयाले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर