• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    सुनको मुल्य हालसम्मकै उच्च


    २०८० फागुण २४, बिहिबार

    २०८० फागुण २४, बिहिबार

    काठमाडौंः नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ ।

    बिहिबार सुनको मूल्य प्रतितोला १५ सय रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैँयामा कारोबार भईरहेको छ । जुन हालसम्म कै उच्च हो । बुधबार नयाँ रेकर्ड बनाउदै छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैँयामा कारोबार भईरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

    त्यसैगरीआज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैँयाले घटेर प्रतितोला एक हजार चार सय ७० रुपैँयामा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर