• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    पर्यटन प्रवर्द्धन गर्न कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै


    २०८० फागुण २०, आइतबार

    २०८० फागुण २०, आइतबार

    काठमाण्डौं : आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता आयोजना हुने भएको छ।

    नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता गरिन लागेको हो।

    घरवास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने बताए। उनले प्रतियोगितामा ४ मिनेटमा १ किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए।

    २०५ जना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ। “हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्यांकन गर्न टिम बनाएका छौँ”, उनले भने।

    महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए।

    होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उनले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे।

    आइतवारदेखि ३ दिन सञ्चालन हुने सो प्रतियोगितामा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ।

    नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर