• चैत्र ६, २०८१ बुधबार
    19 Mar, 2025, Wednesday

    नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा


    २०८० माघ २६, शुक्रबार
    नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

    २०८० माघ २६, शुक्रबार

    काठमाडौं, २६ माघ । नेपाल रिपब्लिक मिडियाले लिमिटेडले घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात ४४.८८ प्रतिशतले घटेको हो ।

    यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

    मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको  रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर