• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


    २०८० कार्तिक २, बिहिबार

    २०८० कार्तिक २, बिहिबार

    काठमाडौंः असोज २ गते बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

    यसअघि गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।

    उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार सुनको मूल्य प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारचाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।

    महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर