• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै


    २०८० भाद्र २८, बिहिबार

    २०८० भाद्र २८, बिहिबार

    काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सेयर आईपीओ आज बाँडफाँट हुँने भएको छ ।

    आज बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा दिउँसो २ बजे बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । त्यसैले गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

    आईपीओमा १५ लाख १० हजार ६९३ जनाले १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।

    कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई अंकित मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता सेयरमा ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको छ

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर