• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    आईएमई पे र कान्तिपुर सिनेमाजबीच भुक्तानी सम्झौता


    २०८० भाद्र १२, मंगलबार

    २०८० भाद्र १२, मंगलबार

    काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले कान्तिपुर सिनेमाजसँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आईएमई पे एक मात्र भुक्तानी साझेदारका रूपमा हुनेछ ।

    कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरूलाई सेवा प्रदान गरिन्छ । आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    ‘आईएमई पे ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर