• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलको एकीकृत कारोबार सुरु


    २०८० भाद्र ५, मंगलबार

    २०८० भाद्र ५, मंगलबार

    काठमाडौंः ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल लिमिटेडले एकीकृत कारोबार औपचारिक रुपमा शुरु गरेका छन् । यी दुवै क्यापिटलले मर्जर प्रक्रिया पूरा गरी सोमबार (भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेरका हुन् ।

    मर्जरपश्चात सोमबार राजधानीमा एक भव्य समारोह आयोजना गरि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरिएको हो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् ।

    ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर