कैलालीको धनगढीमा रहेको एनआईसी एशिया बैंकको शाखामा सेवाग्राहीले ताला लगाएका छन् ।
भूमि सुधार तथा मातपोत कार्यालय कैलालीस्थित रहेको शाखामा कार्यरत कर्मचारीहरूलार्इ भित्रै थुनि ताला लगाएका छन् ।
कमर्चारीहरुले बैंकिङ सेवामा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।
यता बैंकका कर्मचारीले आफ्ना चिनजानका व्यक्तिहरुको काम मात्रै छिटो गरिदिएको र आफ्नो काममा भने वास्ता नगरेको गुनासो सेवाग्राहीले गरेका छन् ।
यसो हुँदा कार्यालयमा ताला लगाउन बाध्य भएको पनि उनीहरुको भनाई छ ।