• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य


    २०८० श्रावण २२, सोमबार

    २०८० श्रावण २२, सोमबार

    काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

    समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी १५० रुपैयाँ, टनेल गोलभेँडा सानो ९५, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५०, लौका ४०, हरियो फर्सी ७०, घिरौँला २० कायम भई कारोबार भइरहेको छ ।

    त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५, पिँडालु ६०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरिलो प्रतिकेजी ३५०, केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नास्पाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अङ्गुर ४५०, किवी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ ।

    यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनियाँ १५०, लसुन हरियो १००, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २१०, चाइनिज लसुन २६०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर