• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    आइएमई लाइफको आइपीओ बाँडफाँड, भाग्यमानी ९.६० लाखले पाए १० कित्ता


    २०८० असार ३०, शनिबार

    २०८० असार ३०, शनिबार

    काठमाण्डौः आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको असार २१ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ) काे बाँडफाँड भएकाे छ ।

    धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमा आज सम्पन्न आइपीओ बाँडफाँडमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयरको आवेदन रद्द भएको छ।

    कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.६४ गुणा बढी आवेदन हो ।

    मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएकोमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

    कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियाे ।जसमध्ये पहिलाे चरणमा १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भएकाे थियाे ।

    त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर