• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    २०८० असार २०, बुधबार

    २०८० असार २०, बुधबार

    काठमाडौः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा काराेबार हुनेछ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसामा काराेबार भइरहेकाे छ ।

    हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसामा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा काराेबार भएकाे थियाे ।

    बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ  र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९८  पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम गरिएकाे छ ।

    उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर  १० रूपैयाँ १२ पैसामा काराेबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँमा काराेबार हुनेछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर