• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको भाउ बढ्दा चाँदी सस्तियो, आज कतिमा हुँदैछ कारोवार ?


    २०८० असार १५, शुक्रबार

    २०८० असार १५, शुक्रबार
    काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

    बिहिबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर