• चैत्र १०, २०८१ आइतबार
    23 Mar, 2025, Sunday

    सेयर बजार ११.६९ अंकले बढ्याे


    २०८० असार ११, सोमबार
    सेयर बजार ११.६९ अंकले बढ्याे

    २०८० असार ११, सोमबार

    काठमाडौः सेयर बजारले उकालाे यात्रालाई साेमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएकाे तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हाे ।

    सोमबार २७९ कम्पनीको ११ कराेड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ ।

    हिमालयन लाइफ इन्स्याेरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर