• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर १३१ रूपैयाँ बढी


    २०८० असार ८, शुक्रबार

    २०८० असार ८, शुक्रबार

    काठमाडौः नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

    जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्री दर १३१ रूपैयाँ ४३  पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७  पैसा रहेको थियो भने भने युरो एकको खरिद दर १४३ रूपैयाँ १ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा कायम भएकाे थियाे ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा कायम गरेकाे राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६७रूपैयाँ २७ पैसा र बिक्री दर १६८  रूपैयाँ ८ पैसा ताेकिदिएकाे छ ।

    यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ  १ पैसा र बिक्रीदर  १० रूपैयाँ १५ पैसा कायम भएकाे छ ।

    त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ७ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.१३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४ पैसा तोकिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर