• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुन तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार


    २०८० असार ८, शुक्रबार

    २०८० असार ८, शुक्रबार

    काठमाण्डाैंः सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नाै हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सुनको भाउ हिजो बिहीवार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर