नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति चयनका लागि यही चैत २८ र २९ गते ५७ औँ वाषिर्क साधारण सभा हुँदै छ । नयाँ कार्यकारिणी समितिमा जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट अरुणराज सुमार्गीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुमार्गी मृदुुभाषी र सरल व्यक्तित्व भएका उद्यमी र शिक्षासेवी हुन् । जिल्ला नगरतर्फ उपाध्यक्ष पदका प्रत्यासी सुमार्गीको चुनावी एजेन्डा र भावी योजनाका विषयमा केन्द्रित रहेर नयाँसञ्जाल डटकमका प्रधान सम्पादकले सुमार्गीसँग गर्नुभएको कुराकानीः
जिल्ला नगरतर्फ उपाध्यक्ष पदमा उम्मेदवार बन्नु भएको छ । कस्तो छ तपाईंको तयारी ?
अघिल्लो कार्यकालमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिइसकेको मान्छे हुँ । शेखर गोल्छाको टिम बनाउने बेलामा मैले पशुपति मुरारका, शेखर गोल्छा, किशोर प्रधानजस्ता महासंघका सिनियर व्यक्तित्वले मलाई आग्रह गरेपछि मैले अघिल्लो कार्यकालमा अर्को कुनै पात्रलाई जिल्ला नगरको उपाध्यक्ष बनाएर म एक कार्यकाल पछाडि गएको हो । त्यसपछि जिल्ला नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पद नलिएर म लोकप्रिय मतका साथ जिल्ला नगरको सदस्यमा निवार्चित भएको हुँ । यो कार्यकालभरी उद्योग वाणिज्य महासंघको विभिन्न आयोजनामा नियमित बोर्ड बैठक कुनै पनि छाडिनँ । दुई वर्ष निरन्तर ७७ जिल्लाका ११८ उद्योग वणिज्य संघमा दैनिक रुपमा उपस्थिति रहृयो । जिल्ला नगरका पदाधिकारी साथीहरुसँग सुमधुर सम्बन्ध राखेको छु । मलाई जिताउन उहाँहरुनै लागि पर्नु भएको छ ।
त्यसो भए उपाध्यक्ष पदमा उठ्छु भनेरै २ वर्षअगाडिदेखि लाग्नु भएको हो ?
हो, तीन फन्को जिल्ला नगर उद्योग वाणिज्य संघ घुमे । मेची, महाकाली, रुकुम, रोल्पा, सल्यान, प्युठानलगायत कुनै जिल्ला छुटेन मेरो । सबै जिल्लामा पुगेर त्यहाँको समस्याबारे र नेपाल उद्योग वाणिज्य महसंघले के गर्न सक्छ भनेर समस्या बुझने काम गरेँ । र अहिले जिल्ला नगरको एजेन्डा के हो भन्ने तय गरेँ । त्यो एजेन्डा के हो भने, जिल्ला नगरको ५० प्रतिशत स्टेक होल्डर भएको प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघको कहिले चियरमेन नहुने कारण के हो ? यो कारणलाई स्थापित गरेर जिल्ला नगरकै पृष्ठभूमिबाट उठेको मान्छेलाई नै जिल्लाको उपाध्यक्ष बनाउनु पर्छ भनेर साथीहरुले विजारोपण गरे । अहिले त्यो वृक्षको रुपमा स्थापित भएको छ ।
भनेपछि जिल्लाको उपाध्यक्ष हुँदै भावी अध्यक्षको दावेदारको रुपमा आफूलाई उभ्याउन खोज्नु भएको हो ?
जिल्ला नगरबाट नेतृत्वमा आएको शिला खोज्ने हो भने तत्कालीन अवस्थामा जति बेला हामी जिल्ला नगर उद्योग वाणिज्य संघ बाहिर नै थियौँ । त्यो बेला दर्ुइ हेभिवेट कर्पोरेट हाउसबीचको प्रतिस्पर्धा चलिरहेको बेला अनुकुलता परेर आनन्दराज मुल्मीले त्यो इतिहास रच्नु भएको थियो । त्यसपछि हामीले त्यसलाई फेरि किन दोहोर्याउन सकेनौँ – ५० प्रतिशत मालिकाना हैसियत भइसकेपछि स्वतः चियरमेनसिप हुने चलन छ ।
मैले जब राष्ट्रिय अध्यक्ष भइसकेका मान्छेहरुको फोटो ग्यालरीमा हेरेँ । त्यहाँबाट मैले प्रश्न निकालेँ । र जिल्लाको साथीहरुसँग कुरा गरेँ, अब के हामी महासंघमा नेतृत्व गर्न सक्दैनौँ ? विगतका दिनहरुमा जिल्ला नगरको, कहिले एसोसिएटबाट, कहिले वस्तुगतबाट पसेका मान्छेहरु ल्याउने प्रचलनलाई हामीले त्याग्नु पर्छ साथी हो । अब जिल्लबाटै उठेको मान्छे जसले चाहिँ गाउँघरमा भएका नुनको ढिक्कोदेखि सुन पोलेर बेच्ने व्यवसायी, साना मझौला व्यवसायीलाई सहयोग गर्न सक्ने जिल्ला नगरको कुरा बुझेको छ त्यसलाई ल्याउनु पर्छ भन्ने एजेन्डालाई बोकेर हिँडे । यही एजेन्डाको यात्राको क्रममा अहिले ५७ औँ महाधिवेशनसम्म आइपुगेको छु ।
जिल्ला नगरतर्फउपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । चुनाव जित्नेमा तपाईं कतिको ढुक्क हुनुहुन्छ ?
चुनाव जित्नेमा म निर्धक्क छु । मेरो आधार भनेको ‘इजी टु कनेक्ट’ म सबैसँग सजिलै भेटिने पात्र हुँ । म कुनै पनि बेला रात, दिन, बिहान, बेलुका यतिसम्म कि कुनै कार्यक्रममा बोलिरहेको छु भने पनि एकछिन पछि कल ब्याग गरेर समस्या बुझने गर्छु र त्यसलाई समाधान गर्ने मैले पहल पनि गरेको छु । त्यो कुरा सुन्दिने मात्रै पनि मान्छे आजको दिनमा भएन । लामो समयदेखि मैले धेरै पूर्वअध्यक्षहरुसँग काम गर्ने मौका पाएको छु । सबैलाई आरोप के हो भने निर्वाचनमा तपाईंहरु आउनु हुन्छ, त्यसपछि तपाईंहरु फोन उठाउनु हुन्न भन्ने छ ।
जिल्लाको सानो मसिनो समस्या सुनेर समाधान गर्नेतर्फ महासंघ नेतृत्व लाग्न सकेन । अहिलेको चुनावी भाषामा भन्ने हो भने महासंघ र जिल्ला नगरको सम्बन्धको दूरी चाहिँ एउटा खोलाको किनार यतापटि र उतापटि भएको जस्तो छ ।
तपाईंले आफ्नो चुनावी माहोल कस्तो देखिरहनु भएको छ ?
मैले माहोल राम्रो देखिरहेको छु । ७७ जिल्लाका ११८ वटै उद्योग वाणिज्य संघका बहुसंख्यक अध्यक्षज्यूहरुसँग म दैनिक सर्म्पर्कमा छु । तपाईं निर्वाचनमा उठ्नु पर्छ । पछाडि र्फकनु हुन्छ कि भन्ने शंका लाग्छ भन्ने गरेका छन् । तर पछाडि फर्किने कुरै हुँदैन । सधैँ अर्काको लागि बली बन्ने पनि कुरा आउँदैन । म अहिले निर्वाचनमा सबैभन्दा बलियो, सक्षम, सजिलो पात्रको रुपमा छु । अब निर्वाचनको ब्यालेट बक्समा भोट हालेपछि आउने रिजल्ट त बाँकी नै छ । त्यो भन्दा अगाडि मेरो आत्मबल चाहिँ अहिले निर्वाचन जितेको बराबर छ ।
तपाईंलाई जितका लागि कति मत आवश्यक पर्छ ?
कुल ११८ मत छ । त्यसमा करिब ८५ हाराहरीको मत मैले पाउने प्रक्षेपण छ । जित्नका लागि त त्यति पनि आवश्यक छैन । त्यसैले जित्नेमा ढुक्क छु ।
तपाईंले देख्नु भएको जिल्लाका समस्या के-के हुन् ?
जिल्लाको समस्या भनेको चर्को ब्याजदर, बैंकहरुको ज्यादती । बैंकहरुको ज्यादती र चर्को ब्याजदरको मारमा परेका व्यवसायीहरुलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भनेर पहल गर्ने । राष्ट्र बैंक, अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग बसेर छलफल गरिनु पर्छ ।
कोभिडको बेलामा हामीहरु ढोका बन्द गरेर बस्नु परेको थियो । त्यो बेलामा बैंकलाई आफ्नो ब्याज खानको लागि राष्ट्र बैंकलाई कन्भिन्स गरेर हामीले धरौटी राखेको जायजेथालाई मूल्यांकन बढाएर तलब र ब्याज तिर्नको लागि पैसा दिइएको थियो । हामीले त्यो ऋण स्वीकार गरेका थियौँ । अहिले यो आर्थिकमन्दीका बेला सरकारले निकास दिने गरी काम गर्नु पर्नेछ । त्यसो भयो भने एउटै रुखमा तीन जना मान्छे मर्नु पर्ने अवस्थाबाट हामी पर लैजान सक्छौँ ।
कोभिड महामारीपछि विश्व नै आर्थिकमन्दीको अवस्थामा छ । यसको असर नेपालमा पनि परिरहेको छ । यसैबेला महासंघको चुनाव हुँदैछ, यस्ता समस्या समाधानमा तपाईंको भूमिका के रहन्छ ?
स्वभाविक रुपमा देशको अर्थतन्त्रमा आएको संकुचन, हाम्रो मात्र देशको कारण आएको होइन । विश्वकै अर्थतन्त्रको कारण पनि हो । अर्को कुरा हाम्रो देश बढी संकुचनमा पर्नुको कारण हामी परनिर्भर छौँ । परनिर्भरबाट आत्मनिर्भरतर्फजान सरकारले नयाँ नीति ल्याउनु पर्छ । त्यो नीति ल्याउनको लागि जिल्ला नगरमा कस्तो खालको व्यवसाय चाहिँ स्थायित्व हुन सक्छ भन्ने बुझेको मान्छे सरकारको टेबुलमा दिनप्रतिदिन वार्ता र छलफलमा गयो भने सरकारले त्यसलाई बुझने वातावरण बन्छ । विगतको दिनमा जिल्ला नगरको त्यस्तो व्यक्तित्व नभएकाले, टेलिभिजनमा बसेर अर्कोलाई गाली गर्नेबाहेक अरु काम नगरेकाले सरकारले त्यो नीति बनाउनै पाएन । सरकार चाहन्छ नीति निर्माणका लागि आवश्यक पर्ने मेटिरियल्स देओस् । र हामीले त्यो दिनसक्ने मान्छे नै दिन सकेनौँ भने सरकारले कसरी नीति ल्याउँछ ?
समाज यही हो, बुद्धिजीवी, अर्थतन्त्र यही हो । हाम्रो अर्थतन्त्र सानो छ । सानो अर्थतन्त्रलाई सुधार्नका निम्ति थोरै भएपनि सकारात्मक काम गर्न सकिन्छ । त्यो कृषिको बाटो सबभन्दा सजिलो छ । पर्यटन अर्को बाटो हो । त्यसपछि हामी आत्मनिर्भरतातर्फ जान सक्ने साधनहरु के के हुनसक्छन् किटान गरेर जाने हो । आउने दिनमा अर्थतन्त्रमात्रै होइन कि देशको स्वभिमान बढाउनका निम्ति हाम्रो उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्ने काममा हामी पनि अगाडि बढ्न सक्छौँ भन्ने अभ्यास गरेका छौँ । त्यसले गर्दा यो विषयमा सरकार, निजी क्षेत्र र अहिलेको समाजको अर्थतन्त्रको बीचमा एउटा कोशेढुंगाको रुपमा आफूलाई उभ्याउन सक्छु भन्ने विश्वास छ ।
अहिले देशभरका व्यापारीहरु चर्को ब्याजदरविरुद्ध आन्दोलित भएका छन् । आन्दोलनले ब्याजदर घटाउन सफल होला ?
पूर्व र सुदूरपश्चिमका साथै मकवानपुरसम्मका साथीहरुले बैंकलाई भनेर बैंकको सटरै बन्द गरेर नो डिपोजिट भन्नेसम्मको काम गरेपछि प्रधानमन्त्रीज्यूले आहृवान गर्नुभयो । अर्थमन्त्री आइसक्नु भएको थिएन । अर्थमन्त्री आइसकेपछि चाँडोभन्दा चाँडो ब्जाजदरलाई तल झार्छु र हामीले सरकारका विभिन्न निकायका पैसालाई व्यवसायीक मान्छेहरुले बोकेर लगेर कमिसन खाने जुन प्रक्रिया छ, त्यसमाथि हाम्रो नजर पुगेको छ भन्ने आश्वासन आएको छ । यदि त्यसो भएन भने २९ गते हाम्रो निर्वाचन सकिएपछि बैशाख १ गतेदेखि नयाँ कार्यसमिति आइहाल्छ । हामी फेरि सडकमा हुने छौँ या सदनमा आवाज लिएर गइरहेका हुनेछौँ । र यो सम्भव छ । अरु देशमा पनि यस्तो खालको संकटमा सरकार र निजी क्षेत्र मिलेर निकासहरु निकालेका छन् ।
ब्याजदरको समस्या कुन क्षेत्रमा बढी हो ?
अहिले हाम्रो देशको अर्थतन्त्रमा वरपर घुमेका व्यवसायीहरु को हुन् भने घरजग्गा व्यवसायी, हायर पर्चेज हुन् । यी व्यवसाय अनुत्पादक भएपनि यो पैसा चाहिँ बजारमा र्सकुलर भइरहने विषय हो । हामीले विदेशबाट ल्याउने मदिराजन्य वस्तु तथा विलासिताका वस्तुहरु सबैलाई एउटै टोकरीमा राखेर नीति ल्याउँदा देशको अर्थतन्त्र पलायन भएको छ । मौद्रिक नीतिले पनि हामीलाई सम्बोधन गर्नसक्ने ठाउँ छ । भारतसँगको खुला सीमानाको कारण चिनीदेखि ग्याससम्म ट्याक्स नतिरीकन साइकलमा बोकेर ल्याइन्छ । यसलाई पनि राज्यको संयन्त्रले नियन्त्रण गर्न सक्छ । आत्मनिर्भर हुन सक्ने कृषिजन्य उत्पादन पनि हामी -मास प्रोडक्ट) ठूलो परिमाणमा गर्न सक्दैनौँ । पारीपटि मास प्रोडक्ट हुन्छ । मास प्रोडक्टको प्रोडक्सन खर्च कम हुन्छ । हाम्रो प्रोडक्सन कस्ट हाई हुन्छ । त्यसैले उता मास प्रोडक्सन भएको अवस्थामा -आलु, गोलभेडा, लिची, आँप) कुनै पनि चिजको हामीले हाम्रो त्यो बजारलाई सुरक्षित गर्न सकेको अवस्था हुँदैन । यो सबै कुरालाई ध्यानमा राख्यौँ भने नेपालको अर्थतन्त्रको सूचकहरु हेरेर हामीले कहाँबाट काम गर्न सक्छौँ भन्ने कुराको निक्र्यौल गर्न सक्छौँ । मलाई चाहिँ के लाग्छ भने एक नम्बर, दुई नम्बर, तीन नम्बर जति सुकै नम्बर भएपनि…पहिलो अर्थतन्त्र कसरी सुधार्ने भन्ने एजेन्डामा राज्यले काम गर्नुपर्छ । यसको लागि हामीले आवाज उठाउने हो । निजी क्षेत्र त्यसको लागि अगाडि बढ्ने हो । अर्थतन्त्र नै देशको विकासको निकास हो ।
जिल्ला नगरको उपाध्यक्षमा निर्वाचित भएपछि के गर्ने तपाईंको योजना छ ?
जिल्ला नगरको अहिलेको आवश्यकता भनेको जिल्ला नगर र महासंघबीचको पुलको रुपमा काम गर्नुछ । जिल्ला नगर र महासंघबीचको सम्बन्ध टुटेको अवस्था छ । अहिले आफ्नो अभिभावकत्व निर्वाह गर्दै जिल्लाका साथीहरुको समस्यालाई लिएर राज्यका विभिन्न निकायमा गएर पौठेजोरी खेल्नु पर्ने हो या लचक भएर राख्नु पर्ने हो – यो कर। जुनदिनदेखि सुरुवात गर्छु र यस दिनदेखि जिल्ला नगर र उद्योग वाणिज्य संघका साथीहरुले एक किसिमको न्यानो महसुस गर्नुहुनेछ ।
तपाईं एउटा स्थापित व्यवसायी पनि, बजारमा अहिले तरलताको अभाव छ भनिन्छ । सीमित व्यक्तिको हातमा मात्रै पैसा छ भनिन्छ के यो सत्य हो ?
यसमा दुईवटा प्रक्षेपण छन् । एउटा चाहिँ हाम्रो पैसा सीमा नाकामा सस्तो मूल्यमा संकलन भइरहेको पनि भेटिन्छन् । अर्को कुरा सरकारले ल्याएको नीतिको कारण दश लाख रुपैयाँभन्दा बढी बोकेर हिँड्दा अवैध हुने भन्ने छ । सीमापारी भारतबाट नेपाली मजदुरले कमाएर ल्याएको पैसा २५ हजारभन्दा बढी भयो भने त्यही पारीपट्टी दुःख दिइरहेको अवस्था छ । पैसालाई सहजीकरणका साथ चल्न दिनु पर्छ भन्ने मान्यता हो । सरकारको विभिन्न निकाय छ, त्यसले अनुगमन गर्नुपर्छ ।
म इकोनोमीको विद्यार्थी भएकाले अहिले हामीसँग बजारमा पैसा चाहिँ कति छ ? तथ्यांक के हो ?
विभिन्न निकायसँग अनुत्पादक तरिकाले जम्मा भएका पैसा बजारमा आउन सकिरहेको छैन । भनेपछि पैसा त्यहाँ छ, सरकारको विभिन्न निकायसँग छ । हामीले देखेको के भने, जनताले मात्रै पैसा लुकाएको होइन, सरकारका विभिन्न निकायमा प्रिज पोइन्टमा पैसा बसिरहेको छ । त्यस्तो पैसा जनता र व्यवसायीमाझ कसरी जान सक्छ भन्ने कुराको लागि नीतिको जरुरी हुन्छ । अहिले रेमिट्यान्सबाट हामी अर्थतन्त्र चलायमान बनाइरहेका छौँ । त्यो रेमिट्यान्सको लागि नयाँ रोजगार गन्तव्य मुलुक हेरेर मासिक ६० हजार रुपैयाँ कमाइ हुने ठाउँको सट्टा तीन लाख रुपैयाँ कमाइ हुने ठाउँमा श्रमिक पठाउन किन कन्जुर्साईं गरिरहेका छौँ – यो बारेमा पनि सोच्न जरुरी छ । अहिले हामीले रोजगारी सिर्जना गर्न सकिरहेका छैनौँ । भएका मजदुर पनि सस्तो मूल्यमा मध्यपूर्वतिर गइरहेका छन् ।
फेरि तपाईंको उम्मेदवारीतर्फनै फर्किन चाहन्छु । जिल्ला नगरतर्फो उपाध्यक्षमा तपाईं नै किन ?
मेरो विशेषता के हो भने, तपाईंसँग अन्तर्वार्ता भइरहँदा एउटै धारको कुरा गरिरहेको छु । कसरी हाम्रो देशको विकास गर्ने – कसरी स्थायित्व बनाउने – हाम्रो देशको स्थायित्वको लागि तपाईंले एउटा समुदायलाई छाडिरहनु भएको छ । कहिले सदन अगाडि सडकमा मान्छे जलेर मर्छ । एउटा रुखमा तीन जना झुन्डिएर मर्छ । यो भनेको एउटा बुढी मरेको अवस्था होइन काल पल्केको अवस्था हो । त्यो समुदायलाइ जबसम्म सरकारले अपनत्व गरेर अगाल्दैन तबसम्म हाम्रो विकासको बाटो अगाडि बढ्न सक्दैन । यो विषय बुझेको मान्छे हुँ म । मैले टेलिभिजन, रेडियो, युट्युब, टिकटक जहाँ जहाँ बोलेको छु । त्यसैले मलाई सबैले उसले गर्न सक्छ भन्ने विश्वास लिएका छन् । जिल्ला नगरको आवाज बोक्न सक्छ भन्ने मान्यताकै कारण मैले जित्न सक्छु । र यही कारण नै यो पदका लागि उपयुक्त व्यक्ति हुँ भन्ने आधार पनि हो ।
अन्तमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
म मतदाताहरुलाई के भन्न चाहन्छु भने, मेरो विनम्र अनुरोध छ, पैसाको बलमा मतलाई दुरुपयोग गर्नु हुन्न । क्षमता र विषयगत विज्ञताको आधारमा मतलाई प्रयोग गरौँ । यो मापदण्डभित्र म पर्छर्ुुने अहिलेको निर्वाचनमा म जिल्ला नगरको उपाध्यक्ष उठिरहँदा नेपाल उद्योग वाणिज्य महासंघमा विगतको परम्परालाई तोडेर तपाईंहरुले त्यो व्यक्तित्व जसले चाहिँ एजेन्डालाई हाँक्न सक्छ भन्ने बुझेर मत हाल्दिनुहोस् ।