• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    पाँचजना मृत अवस्थामा फेला


    २०७९ असार १, बुधबार

    २०७९ असार १, बुधबार

    ललितपुर, भक्तपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व)मा पाँच जना मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवावासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका विशंखे आफ्नै घरनजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

    यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका-९ विनायक दुर्गा मन्दिरनजिक पार्टीमा सोही नगरपालिका-१० भत्केको पाटीमा बस्ने ५६ वर्षीय पूर्णबहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका छन् ।

    यता, तनहुँ, व्यास नगरपालिका-९ बयरचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशव नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    कैलाली, टिकापुर नगरपालिका-७ दिव्यपुरस्थित खेतमा भजनी नगरपालिका-८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    त्यसैगरी, नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलनजिक खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर