• कार्तिक ११, २०८२ मंगलबार
    28 Oct, 2025, Tuesday

    राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान


    २०७८ पुष २५, आइतबार
    राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    २०७८ पुष २५, आइतबार

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।

    राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

    यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।

    राष्ट्रिय सभाको निर्वाचनमा नौ वटा राजनीति दलका उम्मेदवारले भाग लिँदै हुनुहुन्छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर