• पुष १४, २०८२ आइतबार
    28 Dec, 2025, Sunday

    गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान


    २०७८ पुष १७, शनिबार
    गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

    २०७८ पुष १७, शनिबार

    निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गरेको छ ।

    सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल काठमाडौँ–सुर्खेत रुटमा बुद्ध एयरलाइन्सले मात्र उडान गर्दै आएको  थियो ।

    काठमाडौँ–सुर्खेत उडानको  भाडादर तोक्दै गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले  पुस १८ गते आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिएका छन् ।

    हाल दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने गुण एयरलाइन्स टिकट अनलाइन लिन सकिने व्यवस्था गरिएको छ । काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सका प्रवक्ता थापाले  बताएका छन् ।

    भने यही पुस २६ गतेदेखि दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने  जानकारी दिएका छन्।

    हाल काठमाडौँ–सुर्खेत बुद्ध एयरले मात्रै दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर