• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    हराएको सात महिनापछि छोरो भेटिए


    २०७८ असोज २६, मंगलबार

    २०७८ असोज २६, मंगलबार

    कपिलवस्तु नगरपालिका ३ की जोखना तेली हराएको सात महिनापछि छोरो भेटिएपछि प्रहरी कार्यालयमै धरधरी रोइन् ।

    तेलीले हराएको छोरो भेटिएपछि छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन ।

    उनी छिमेकीको उक्साहटमा उनका १४ वर्षका छोरा काशीराम ७ महिना अगाडि घरबाट भागि भारत पुगेका थिए ।

    २९ फागुनमा उनी परिवारलाई थाहा नदिई निस्किएपछि हराएको आशंकामा प्रहरीमा जाहेरी दिइएको थियो ।

    सजिलै धन कमाउन सकिने भन्दै छिमेकी दाजुहरूले मुम्बई पुर्‍याएर अलपत्र छाडेका थिए ।

    हराएको छोरासँग ७ महिनापछि भेट भए पछि जोखनीले आफूलाई सम्हाल्न सकिनन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नै रोइन ।

    मुम्बई डोँगरीस्थित एक बालगृहमा आश्रित काशीराम मंगलबार नेपाल पुगेका हुन् । बालगृहबाट नेपाल ल्याउने अदालती प्रक्रिया पूरा गर्न करिब डेढ महिना लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

    नेपाल दर्पण नामक अनलाइनले बालकको विषयमा खोजी गरेको समाचार ‘नेपाली महासंघ मुम्बई’ नाम गरेको संस्थाको नजरमा परेपछि बालकको घरको खोजी सुरु गरेको थियो । प्रहरीमा जाहेरीको दिएको हुँदा बालकको परिवार पहिचान गर्न सजिलो भएको हो । संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि उद्धार गरी नेपाल पुर्‍याएका थिए । मुम्बईमा अलपत्र परेका तेलीलाई उद्धार गरी बालगृह पुर्‍याइएको थियो ।

    तेलीलाई कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, साथी संस्था कपिलवस्तुको संयोजक विमला घिमिरेको रोहवरमा परिवारको जिम्मा लगाइएको छ । तेलीको उद्धारमा सहयोग गरेकोमा कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले महासचिव कुँवरलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर