• पुष १२, २०८२ शुक्रबार
    26 Dec, 2025, Friday

    काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने


    २०८२ पुष १२, शुक्रबार
    काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

    २०८२ पुष १२, शुक्रबार

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १:०० बजे बस्नेछ ।

    बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा बिहीबार उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।

    कार्यसम्पादन समितिको बैठकमा महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव गरेका थिए ।

    महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताएका थिए । आजको बैठकमा बाँकी सदस्यहरुले आआफ्ना धारणा राख्नेछन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर