भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरले भक्तपुरका छ सय ७५ व्यापारीको नापतौलका सामग्रीको नापतौल दर्ता एवं नवीकरण गराएको छ ।
कार्यालयले व्यापारीका लागि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका विभिन्न ठाउँमा आजसम्म सञ्चालन गरेको नापतौल सामग्रीको दर्ता तथा नवीकरण अभियानमा मध्यपुरथिमि नगरपालिकामा दुई सय ३४ जना व्यापारीसहित छ सय ७५ जनाले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराएका उनले जानकारी दिए ।
प्रत्येक वर्ष गरिने दर्ता तथा नवीकरणले व्यापारलाई सन्तुलन बनाई राख्ने र उपभोक्ताहरू तौलमा ठगिनबाट जोगिने उनले बताए । रासस




