• कार्तिक १०, २०८२ सोमबार
    27 Oct, 2025, Monday

    एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम


    २०८२ कार्तिक १०, सोमबार
    एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम

    २०८२ कार्तिक १०, सोमबार

    काठमाडौँ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।

    ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने । आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरू सचिवालय बैठकले निर्णय गर्छ,’ गौतमले भने ।

    तर पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताए । ‘यसअघि ५ लाख ४० हजार पार्टी सदस्य थियौँ,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौँ ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर