• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    राष्ट्रिय वाणिज्य बैंकको चाडपर्वलक्षित कर्जा अफर सार्वजनिक


    २०८२ भाद्र ९, सोमबार
    राष्ट्रिय वाणिज्य बैंकको चाडपर्वलक्षित कर्जा अफर सार्वजनिक

    २०८२ भाद्र ९, सोमबार

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ ।

    यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैंकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

    चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए ।

    May be an image of 1 person and text that says 'Festival OFFER www.rbb.com.np यस चाडपर्वमा, आफ्ने घरको सपना पुरा गरों! यस चाडमा, उपहार बन्नेछ आफ्ने घर ! RBB मेरो घर कर्जा विशेषताहरू: कर्जा अवधि 20 वर्षसम्म प्रशोधन थुल्क: :कर्जा सीमाको 0.28% व्याजदर ៩.$0%* मात्र अधिकतम कर्जा सीमा रु. ဗု करोड (Rs. 50 Million) आप्नो भनेको आपनै हुग्छ राष्ट्टिर वाणिज्य बैक RASTRIYA BANILJYA BANK ရးထ " 4n n'

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर