• श्रावण १०, २०८२ शनिबार
    26 Jul, 2025, Saturday

    स्कुटर दुर्घटना हुँदा नमोबुद्धका पूर्वमेयर टिपी शर्मा गम्भीर घाइते


    २०८२ श्रावण १०, शनिबार
    स्कुटर दुर्घटना हुँदा नमोबुद्धका पूर्वमेयर टिपी शर्मा गम्भीर घाइते

    २०८२ श्रावण १०, शनिबार

    काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीस किलोमा दुई स्कुटर आपसमा ठोक्किँदा नमोबुद्धका पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन्।

    शनिबार बिहान बीपी राजमार्गमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटर र पूर्वनगरप्रमुख तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका हुन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, दुर्घटनामा टीपी शर्मा तिमल्सिनाको टाउकोमा चोट लागेको छ र उनी हाल धुलिखेल अस्पतालमा उपचाररत छन्।

    तिमल्सिना छोरा किशोर तिमल्सिनाले चलाएको स्कुटरमा पछाडि बसेका थिए। किशोर सामान्य घाइते भएका छन्।

    दुर्घटनामा अर्को स्कुटरका चालक दोलखा मेलुङ–३ स्थायी ठेगाना भई हाल काभ्रेको रोशी–८ बसोबास गर्ने २६ वर्षीय निमा तेम्वा थोकर पनि सामान्य घाइते भएका छन्। उनको उपचार मेथिनकोट अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर