Article Summary
- काठमाडौँ, असार २२। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले सरकारलाई ५ दिनको समय दिएको छ। आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यस्तो अल्टिमेटम दिएको हो। बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर समितिमा उपस्थित हुन निर्देशन दिएका छन्। उनले सरकार समितिलाई “खेलौनाजस्तो” व्यवहार गरिरहेको आरोप पनि लगाए। सभापति थापाले भने, “सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्ति देखाएको छ। बारम्बार बैठक डाकेर स्थगित गरिने, निर्णयविना अघि नबढ्ने अवस्था उत्पन्न भएको छ। अब यो अन्तिम समय हो, यसलाई हल्का रूपमा नलिनू।” बैठकमा मन्त्री पन्तले शिक्षक महासंघसँगको वार्ता अझै जारी रहेको भन्दै केही समयको माग गरेका थिए। उनी यसअघि पनि आषाढ १६ गतेबाट समय माग्दै आइरहेका छन्। विद्यालय शिक्षा विधेयकको विषयमा शिक्षक महासंघ र अन्य सरोकारवालाबीच मतभेद कायमै रहेकाले विधेयक अघि बढाउन कठिनाइ भइरहेको छ। समितिले अबको पाँच दिनलाई अन्तिम समय मानेर त्यसपछि आवश्यक निर्णय लिने संकेत गरेको छ।
काठमाडौँ, असार २२। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले सरकारलाई ५ दिनको समय दिएको छ। आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यस्तो अल्टिमेटम दिएको हो।
बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर समितिमा उपस्थित हुन निर्देशन दिएका छन्। उनले सरकार समितिलाई “खेलौनाजस्तो” व्यवहार गरिरहेको आरोप पनि लगाए।
सभापति थापाले भने, “सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्ति देखाएको छ। बारम्बार बैठक डाकेर स्थगित गरिने, निर्णयविना अघि नबढ्ने अवस्था उत्पन्न भएको छ। अब यो अन्तिम समय हो, यसलाई हल्का रूपमा नलिनू।”
बैठकमा मन्त्री पन्तले शिक्षक महासंघसँगको वार्ता अझै जारी रहेको भन्दै केही समयको माग गरेका थिए। उनी यसअघि पनि आषाढ १६ गतेबाट समय माग्दै आइरहेका छन्।
विद्यालय शिक्षा विधेयकको विषयमा शिक्षक महासंघ र अन्य सरोकारवालाबीच मतभेद कायमै रहेकाले विधेयक अघि बढाउन कठिनाइ भइरहेको छ। समितिले अबको पाँच दिनलाई अन्तिम समय मानेर त्यसपछि आवश्यक निर्णय लिने संकेत गरेको छ।