• असार ३१, २०८२ मंगलबार
    15 Jul, 2025, Tuesday

    समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ’


    २०८१ कार्तिक १८, आइतबार
    समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ’

    २०८१ कार्तिक १८, आइतबार

    १८ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्व रहेको बताएका छन् ।

    हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा शुभकामना दिँदै उनले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरे ।

    विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गरेको छन् । अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबीच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर