• असार २०, २०८२ शुक्रबार
    04 Jul, 2025, Friday

    सिक्दै कमाउँदै विद्यार्थी


    २०८१ कार्तिक ११, आइतबार
    सिक्दै कमाउँदै विद्यार्थी

    २०८१ कार्तिक ११, आइतबार

    स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीहरू तरकारी बिक्री गर्न व्यस्त छन् । पालिकाको ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएको छ । विद्यार्थीहरू आफैले लगाएको तरकारी आफैले नै बेच्न पाउँदा विद्यार्थीमा पढाई सँगै व्यवहारिक सिपको समेत विकाश भएको छ ।

    वालिङ नगरपालिकाले आर्थिक वर्ष २०ं८०/८१ मा सुरु गरेको एक विद्यालय एक करेसा वारी अभियान प्रभावकारी बन्दै गएको छ ।

    विद्यालयमा पढाई संग संगै उनीहरूलाई व्यावहारिक सिपको विकाशका लागी लागी सुरु गरेको काम विद्यार्थीमा समेत रोजाई बनेको छनगरपालिकाले सुरुवाती चरणमा पालिकाका ८ विद्यालय छनोट गरेर सो अभियानको सुरु गरेको हो । जसमध्य अन्य विद्यालयमा खासै प्रभावकारी नदेखिएको भएपनी वालिङ १४ मा अवस्थित हिमशिखर आधारभूतमा भने विद्यार्थीहरू  बारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्न मदत पुगेको नगरपालिकाको शिक्षा शाखाको भनाई छ ।

    कक्षा ७ सम्म पढाई हुने हिमशिखर आधारभूतमा ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा तरकारी उत्पादन गर्दा दिवा खाजामा हुने खर्च बचत मात्र भएको छैन विद्यार्थीले ताजा र राम्रो खाजा खान समेत पाएका छन् । राज्यबाट प्रति विद्यार्थी १५ रुपियाँ खाजा बापत दिने गरेको रकम अपुग हुदैगर्दा पालिकाको यो अभियान प्रभाकारी बनेको विद्यालयले जनाएको छ ।

    दिवा खाजालाई प्रभावकारी बनाउन पालिकाले सुरु गरेको करेसाबारीको अभियान प्रभावकारी बन्दै जाँदा आगामी वर्षदेखि ७० सामुदायिक र १५ संस्थागत विद्यालयमानै सुरु गर्ने तयारी पालिकाको छ । जसले विद्यार्थीमा पढाई सँगै व्यावहारिक सिपको विकास हुने देखिन्छ ।एनटीभी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर