• असार १९, २०८२ बिहिबार
    03 Jul, 2025, Thursday

    प्याब्सनले मङ्सिर दोस्रो साता अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने


    २०८१ कार्तिक ६, मंगलबार
    प्याब्सनले मङ्सिर दोस्रो साता अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने

    २०८१ कार्तिक ६, मंगलबार

    काठमाण्डौँ, ६ कात्तिक। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले  मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

    सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्याब्सनले  यसबारेमा जानकारी दिएको हो । सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भारत र भियतनामबाट सहभागिताका लागि निश्चित भएको प्याब्सनले जनाएको छ ।

    सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिनुभयो ।

    सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूप्रति लक्षित हुनेछ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन् ।

    जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर