• कार्तिक २२, २०८२ शनिबार
    08 Nov, 2025, Saturday

    हिमालय एयरलाइन्सद्वारा काठमाडौं–साङ्घाई उडान सुरु


    २०८० मंग्सिर १७, आइतबार
    हिमालय एयरलाइन्सद्वारा काठमाडौं–साङ्घाई उडान सुरु

    २०८० मंग्सिर १७, आइतबार

    हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई उडान सुरु गरेको छ ।

    हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।

    एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ । एयरलाइन्सले हरेक शनिबार ए ३२० बिमानमा काठमाडौंदेखि साङ्घाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ । साथै डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ ।

    सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौंस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिधा उडान पुनः सुरु गरेको हो । सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय शहर छिङदाओमा सिधा उडान सुरु गरेको थियो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ । पर्यटन क्षेत्र नेपालका लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर