• असार १९, २०८२ बिहिबार
    03 Jul, 2025, Thursday

    भारतीय सीमा पुल खुल्ने समय अब एक घण्टा छिटो बन्द हुने


    २०८० कार्तिक २७, सोमबार
    भारतीय सीमा पुल खुल्ने समय अब एक घण्टा छिटो बन्द हुने

    २०८० कार्तिक २७, सोमबार

    काठमाण्डौंः दार्चुलाकाे खलङ्गामा रहेकाे भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।

    भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेकाे झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रशासन कार्यालय दार्चुलाका अनुसार आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभएको छ ।

    यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उहाँले बताउनु भयो । दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।
    ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।

    शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो ।  यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर हुने गरेको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर