• कार्तिक २, २०८२ आइतबार
    19 Oct, 2025, Sunday

    सुनको मूल्य ७०० रुपैयाँले बढ्याे


    २०८० असार २४, आइतबार
    सुनको मूल्य ७०० रुपैयाँले बढ्याे

    २०८० असार २४, आइतबार

    काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर