• वैशाख १८, २०८१ मंगलबार
    30 Apr, 2024, Tuesday

    आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ


    २०७९ पुष २२, शुक्रबार

    २०७९ पुष २२, शुक्रबार

    आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ।

    आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।

    काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ ।

    स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार  तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।

    शिव-पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुदै आएको मानिन्छ ।

    घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ ।

    १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर