• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    स्वास्थ्य मन्त्री डा. गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल


    २०८२ मंग्सिर २०, शुक्रबार
    स्वास्थ्य मन्त्री डा. गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

    २०८२ मंग्सिर २०, शुक्रबार

    काठमाडौं, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

    मन्त्रालयमा आज उहाँले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गर्नुभएको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छलफलमा सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित कार्यक्रमको असल अभ्यास र समस्याबारे छलफल भएको जानकारी दिनुभयो ।

    “नेपालमा स्वास्थ्य बिमाको पहुँच र गुणस्तर बढाउन मन्त्रालय, कोष र बोर्डबीच सहकार्यका विषयमा गहन छलफल भएको छ । जसले स्वास्थ्य बिमामा थप सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

    छलफलमा मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागबाट महानिर्देशक डा केशरबहादुर ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेलगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर