• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    त्रियुगा नगर अस्पताल सञ्चालन


    २०८१ असोज ४, शुक्रबार
    त्रियुगा नगर अस्पताल सञ्चालन

    २०८१ असोज ४, शुक्रबार

    उदयपुर,४ असोजः त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो ।

    त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप घट्ने र सेवा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताउनु भएको छ ।

    एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर