• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    सल्यानमा स्क्रब टाइफसका बिरामी भेटिए


    २०८१ भाद्र २६, बुधबार
    सल्यानमा स्क्रब टाइफसका बिरामी भेटिए

    २०८१ भाद्र २६, बुधबार

    काठमाण्डौंः सल्यानमा पहिलो पटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका नौ जनामा संक्रमण पुष्टि भएको हो ।

    भदौ महिनामा मात्रै नौ जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आठजना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये चारजना १३ वर्षमुनिका बालबालिका रहेको उहाँको भनाइ छ । यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन ।

    बिरामीमा ज्वरो आउने, पसिना आउने लगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ ।समयमा नै  उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढा मगरको भनाइ छ ।

    डा. बुढा मगरले सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गर्नुपर्ने अवस्था निम्तिने बताउनुभयो । उहाँले पाँचदेखि दश दिन औषधी प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुने बताउनुभयो । मुख्यतः मुसाले टोकेपछि यो रोगले आक्रमण गर्छ ।

    मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर