• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    बिदाको दिन सरकारी अस्पतालमा ओपिडी सञ्चालन गर्न पत्राचार


    २०८१ भाद्र १७, सोमबार
    बिदाको दिन सरकारी अस्पतालमा ओपिडी सञ्चालन गर्न पत्राचार

    २०८१ भाद्र १७, सोमबार

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्न सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ ।

    मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।

    ७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

    ‘‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रूपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर