• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    गंगालाल अस्पतालमा सर्जनदेखि प्रशासनसम्मका विभिन्न पदमा कर्मचारी माग


    २०८० कार्तिक २४, शुक्रबार
    गंगालाल अस्पतालमा सर्जनदेखि प्रशासनसम्मका विभिन्न पदमा कर्मचारी माग

    २०८० कार्तिक २४, शुक्रबार

    काठमाडौंः शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको छ।

    शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्। केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ।

    दरखास्त शुल्क पदअनुसार १ हजार २५० देखि ४५० रुपैयाँसम्म निर्धारण गरिएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर